काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ।
मंगलबार दिउँसो नेपाल पक्षका नेताहरूबीच भएको छलफलमा अझै केही माग पूरा नभएकाले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय भएको हो । एमालेको केन्द्रीय कमिटी बैैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्नेछ ।
सोमबारबाट सुरु बैठकले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरित संसद्मा विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
तर, अहिलेसम्म उनीहरूलाई स्पष्टीकरण सोधिएको छैन।