काठमाडाैं । नेकपा एमालेमा पुन: अर्काे साइबर सेना जन्मिएकाे छ । केन्द्रीय सदस्य प्रभु साहले आइटी आर्मी नामको संगठन गठन गरेका छन् । एक सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने साहले बताएका छन् ।
मंगलबार भक्तपुरकाे एक पार्टी प्यालेसबाट उक्त संगठन घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने साहले जानकारी दिएका छन् । आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव गरिएकाे छ ।
यसअघि एमालेमा युथ फोर्स र साइबर सेनाहरु पनि सक्रिय छन् । यसअघि महेश बस्नेतकाे नेतृत्वमा नेकपा एमालेले साइबर सेना पनि गठन गरेकाे थियाे ।