काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट रहेको समूहलाई ‘आममाफी’ दिने बताएका छन् ।
पुष्पलाल स्मृति दिवसकाे अवसरमा ललितपुरमा आयाेजित कार्यक्रममा ओलीले बाटो बिराएकालाई माफ गर्ने बताएका हुन् । ओलीले भने, ‘सबैलाई एकताका लागि भन्न चाहन्छु एम्नेस्टी इज ग्रान्ट्रेड । बाटो बिराएका साथीहरुलाई पनि म भन्न चाहन्छु ।’
ओलीले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरेका छन् । ‘आउनुस मिलेर काम गरौ। यस आन्दोलनलाई मजबुत पारौं । एकजुट भएर जाऔँ । यस आन्दोलनले सानो धक्का बेहोरेको छैन । आज फेरि एकजुट भएर अगाडि बढौँ,’ उनले भने । नेपाल पक्षका कारण पार्टीले ठूलो धक्का बेहोरेको ओलीको भनाइ थियो ।
उक्त कार्यक्रममा ओलीले नेपाली कांग्रेस राजतन्त्र पक्षधर भएको आरोप पनि लगाए ।