काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कांग्रेस महाधिवेशनलाई लक्षित गरी आइतबार बैठक बोलाएको छ ।
पौडले पक्षले आसन्न १४औं महाधिवेशनको रणनिति बनाउन महामन्त्री शशांक कोइराला निवासमा दिउँसो १२ बजे बैठक बोलाएको हो ।
बैठकमा महाधिवेशनको तयारी र क्रियासिल सदस्यता वितरणमा देखिएको विवादका विषयमा छलफल हुने बताईएको छ ।
शुक्रबार र शनिबार सभापति एवं प्रधानमन्त्री शेरबहादु देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यही साउन १२ गतेका लागि तय भएको कांग्रेसको स्थानीय वडा अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।