logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • भविष्यमा कोभिड भ्याक्सिन चक्कीमा पनि लिन पाइएला ?

    भविष्यमा कोभिड भ्याक्सिन चक्कीमा पनि लिन पाइएला ?

    2.3K
    Shares

    काठमाडाैं । कोरोनाविरुद्ध लड्ने क्षमता विकासका लागि हाल खाेपकाे विकास भइरहेकाे छ  । अहिले विश्वभर खाेप अभियान चलिरहेकाे छ । तर, भविष्यमा भ्याक्सिनमा हुने कम्पोनेन्ट ट्याब्लेट वा पिल्समार्फत पनि लिन पाइने भएकाे छ ।

    दक्षिणी स्वीडेनको सबैभन्दा ठूलो साइन्स पार्कमध्ये एक हो ‘मेडिकन भिलेज’ । त्यहाँको एउटा ल्याबमा रसायनविज्ञ इन्गेमाे एन्डरसनसँग एउटा पातलो प्लास्टिक इनहेलर, जुन एउटा सलाइको बट्टा बराबर छ । यो सानो उपकरणले कोभिडविरुद्धको युद्धमा ठूलो भूमिका निभाउन सक्ने विश्वास एन्डरसनको समूहलाई छ । यसैमार्फत भविष्यमा भ्याक्सिनलाई पाउडरका रूपमा घरमै लागेर लिन सकिने दाबी उनीहरुकाे छ । 

    खासगरी अस्थमाका बिरामीका लागि इनहेलर बनाउने कम्पनी फर्मका सीईओ जोहान बावोर्ड भन्छन्, ‘यसलाई सजिलैसँग बनाउन सकिन्छ । याे निकै सस्तो पनि छ । सानो प्लास्टिकको स्लिप हटाउनुपर्छ । त्यसपछि भ्याक्सिन इनहेलर सक्रिय हुन्छ । तपाईंले यसलाई मुखमा राखी लामो सास लिएर भ्याक्सिन लिन सक्नुहुन्छ ।’

    स्टकहोमको इम्युनोलोजी रिचर्स स्टार्ट अप (आईएसआर)ले सुक्खा पाउडरका रूपमा भ्याक्सिन बनाएको छ । आइकोनभाे नामको कम्पनीले आईएसआरसँग साझेदारी गरेको छ ।

    covid 2.jpg

    यो भ्याक्सिनमा कोभिड–१९ भाइरस प्रोटिनको प्रयोग गरिएको छ । यसले ४० डिग्री सेल्सियस तापमानसम्म सहन सक्छ । फाइजर, मोडर्ना र एस्ट्राजेनेका लगायतका भ्याक्सिन आरएनए र डीएनए प्रविधिमा आधारित छन् । अहिलेसम्म कोरोना भाइरुसविरुद्ध बनेका सबै भ्याक्सिन तरल रूपमा छन् । यस्ता भ्याक्सिनलाई सिसीमा माइनस ७० डिग्री सेल्सियससम्म तापक्रम राख्नुपर्छ । त्यसैले फ्रिजरहरूको आवश्यकता पर्छ, जसलाई कोल्ड चेन भनिन्छ ।

    तर, नयाँ बन्न लागेको पाउडर भ्याक्सिनको सबैभन्दा ठूलो फाइदा भनेकै यसलाई कोल्ड चेनबिना सामान्य तापमानमा समेत वितरण गर्न सकिन्छ । आईएसआरकी संस्थापक ओला विनक्विस्ट भन्छिन्, ‘यो भ्याक्सिन स्वास्थ्यकर्मीको मद्दतबिना नै लिन सकिन्छ ।’

    ओला स्वीडेनको प्रमुख मेडिकल युनिभर्सिटी क्यारोलिन्स्का इन्स्टिच्युडमा संक्रामक रोगकी प्राध्यापक हुन् । उनको कम्पनीले अहिले आफ्नो भ्याक्सिनलाई कोभिड–१९ को बीटा (दक्षिण अफ्रिकी) र एल्फा (बेलायती) भेरियन्टमा परीक्षण गरिरहेको छ ।

    खोप उत्पादक नभएको दक्षिण अफ्रिकालाई पाउडर भ्याक्सिनले ठूलै मद्दत गर्न सक्ने कम्पनीको विश्वास छ । यहाँ मौसम पनि तातो हुन्छ । अनि बिजुलीको आपूर्ति पनि सीमित छ । त्यसैले दक्षिण अफ्रिकामा खोपलाई लिएर थुप्रै चुनौतीहरू छन् ।

    covid 3.jpg

    आईएसआरले बनाएकाे यो भ्याक्सिनको परीक्षण हुन बाँकी नै छ । अहिलेका तरल भ्याक्सिनभन्दा यो कति सुरक्षित छ, जवाफ त्यसपछि नै पाइनेछ ।

    अहिलेसम्म यसको परीक्षण मुसामा मात्र गरिएको छ । आईकोनवो र आईएसआरले आगामी दुई महिनामा मान्छेमा परीक्षण सुरु गर्न आवश्यक फण्ड जुटाइसकेका छन् । यो भ्याक्सिनलाई लिएर संसारका मेडिकल समुदायमा उत्साह पनि देखिएकाे छ । यसबाट कोभिड महामारीविरुद्धको लडाइँमा क्रान्तिकारी मद्दत पुग्ने विश्वाससमेत गरिएको छ । 

    संसारभरका कम्पनीहरू पाउडर भ्याक्सिनको परीक्षण गरिरहेका छन् । फर्मास्युटिकल कम्पनी जाइकम यस्तो विधिको परीक्षण भनिरहेकाे छ, जसको मद्दतले भविष्यमा तरल भ्याक्सिनलाई ‘एयर ड्राइ’ गर्न सकिनेछ ।

    यसबाट विकासशील देशमा यस्तो फिल एण्ड फिनिस केन्द्र बनाउन सकियोस्, जहाँ भ्याक्सिनलाई सिसीहरूमा भर्न सकिनेछ । ती देशहरूले भ्याक्सिन उत्पादनको अन्तिम चरणलाई आफ्नै जमिनमा पूरा गर्न सक्नेछन् ।

    भ्याक्सिन पाउडरलाई स्टेराइल वाटर सोल्युसनमा मिलाएर सिसीहरू र इन्जेक्सनको मद्दतबाट लगाउन सकिनेछ । कम्पनीका सीईओ गोराना कोनरेडसन भन्छन्, ‘यो विधिले नयाँ आयाम खोल्नेछ । यसका लागि अझै धेरै अनुसन्धान र प्रयाेगकाे जरुरी हुन्छ । तर, सैद्धान्तिक रूपमा यो सम्भव रहेको भन्न सकिन्छ ।’

    covid 4.jpg

    जेनसेनले कोभिडको एक डोजमा दिइने भ्याक्सिन बनाएको छ । बेलायतमा यसलाई गत महिना प्रयोग अनुमति दिइएको छ । यो कम्पनीले जाइकमसँग मिलेर एक पाइलट प्रोजेक्टमा काम गरिरहेको छ, जसमा उसको एयर ड्राई क्षमताको परीक्षण गर्नु पनि एक हो । कम्पनीका प्रवक्ताले भनेका छन्, ‘यो सोध होइन, टेकनिक विकासमा केन्द्रित छ, जसको प्रयोग भविष्यमा भ्याक्सिनको भण्डारण र खोप अभियानलाई सजिलो पार्न मद्दत पुर्‍याउँछ ।’

    भ्याक्सिन लगाउन डराउनेहरूका लागि पाउडर टेकनिक सजिलो हुनेछ । यसले तरल भ्याक्सिनको पर्यावरण तुलनामा निकै विकल्प दिने छ । फ्रिज चलाउनका लागि बिजुलीको खपत निकै कम हुनेछ । आम रूपमा भ्याक्सिनको सिसीहरूलाई डिप फ्रिजरमा राखिन्छ । यसले निकै धेरै मात्रामा विद्युत खपत हुने गरेको छ । पाउडर भ्याक्सिनमा यी सब गर्न नपर्ने भएकाले संसारका सबै भागमा पुर्‍याउन सकिने विश्वास पनि गरिएकाे छ । 

    – बीबीसी हिन्दीकाे सहयाेगमा 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend