logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • समयानुकुल आकर्षक योजना : ग्राहकहरूको पहिलो रोजाई एनआईसी एशिया बैंक

    समयानुकुल आकर्षक योजना : ग्राहकहरूको पहिलो रोजाई एनआईसी एशिया बैंक

    5.6K
    Shares
    समयानुकुल आकर्षक योजना : ग्राहकहरूको पहिलो रोजाई एनआईसी एशिया बैंक

    काठमाडौं । ग्राहकमुखी योजना, शुलभ दर र सहज रुपमा कर्जा प्रवाह तथा देशको दुर दराजसम्म शाखा विस्तार गरी बैंकिङ्ग सेवा प्रदान गरेका कारण आज एनआईसी एशिया बैंक ग्राहकको पहिलो रोजाईको बैंक बन्न सफल भएको छ । बैंकलाई सफल बनाउनका लागि उचित समयमा उचित निर्णय र त्यसको सही व्यवस्थापन गर्न आवश्यक हुन्छ ।

    भिजन सहितको कुशल नेतृत्व, सञ्चालक समितिको नीतिगत तहमा महत्वपूर्ण योगदानका कारण आज एनआईसी एशिया बैंक ग्राहकको पहिलो रोजाईमा पर्न सफल भएको बताउँछन्, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपाने ।

    विराटनगरमा २०५५ साउन ५ गते एक क्षेत्रीय बैंकको रुपमा नेपाल इण्डष्ट्रियल एण्ड कर्मसियल बैंक (एन आई सी) को नाममा सुरुआत भएको थियो । २०६४ असोज २ गते स्थापित तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडलाई २०७० असार १६ गते एन आई सी बैंकसगँ गाभेर एन आई सी एशिया बैंक लिमिटेडको रुपमा नेपालको बैंकिङ क्षेत्रमा अघि आएको हो ।

    पछिल्लो समय व्यवसाय विस्तारमा आक्रामक बनेको एनआईसी एशिया बैंक धेरै सूचकमा ‘नम्वर वान’ देखिएको छ । हालसम्म देशका ७३ ओटा जिल्लामा आफ्नो व्यवसायिक पहुँच विस्तार गरिसकेको एनआईसी एशिया बैंकले पछिल्लो समय गरेको ‘विजनेश ग्रोथ’ लोभलाग्दो छ ।

    ठुलाठुला चाडपर्व, नयाँ वर्ष लगाएत अन्य विभिन्न मेला उत्सव पारेर बैंकले बेला बेलामा ग्राहकका लागि आकर्षक योजनाहरू ल्याउने गर्छ । २४ वर्षदेखिको अनवरत यात्राको फलस्वरुप आज एनआईसी एशिया बैंक देशकै सबैभन्दा ठूलो एवम् सबैभन्दा सहज, सवल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकको रुपमा परिचित भएको बैंकको बुझाइ छ ।

    ‘सबै सरोकारवालाहरूको अमूल्य मार्गदर्शन, साथ र सहयात्राको जगमा अझ विशिष्ट, परिस्कृत, आधुनिक, वैज्ञानिक एवं अर्थपूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै वित्तीय समावेशिता, समन्यायिक आर्थिक विकास, रोजगारी सृजना र सर्वाङ्गीण सबलीकरणको राष्ट्रिय आवश्यकता एवं आकांक्षा हासिल गर्ने तर्फ हामी मन, बचन र कर्मले दृढतापूर्वक डटिरहनेछौं,’ न्यौपानेले भने ।

    बचत खाताको कमाल : रू.८४ लाखसम्मको बीमा फाइदा
    बैंकले अहिले ल्याएकोे ‘सर्वश्रेष्ठ बचत खाता’ मार्फत सर्वाधिक उच्च ब्याजदर, रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू उपलब्ध छन् ।

    जुन खाताको गुडविल एम्बेसडर श्रेणीमा खातावाला एवं निजले मनोनित गर्न मिल्ने ३ अन्य व्यक्तिहरूले प्रतिव्यक्ति रू.२१ लाखसम्मको बीमा लाभको फाइदा प्राप्त गर्न सक्ने सिईओ न्यौपानेले बताए । जसमा दुर्घटनाबाट पूर्ण शारिरीक अशक्तता वा मृत्यु भएमा रू. १० लाखको दुर्घटना बीमा, १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि रू.१० लाखको घातक रोग बीमा र मेडिकल जाँच वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सम्मको मेडिकल बीमा संलग्न छन् ।

    बैंकले २०७५ चैत्र २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यअनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहकहरुलाई बीमा वापत रू.४ करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तानी गरिसकेको छ । यसै बचत खाता योजनामा उपलब्ध कर्जा सम्बन्धी फाइदाहरूमा ग्राहकले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकको मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोच अनुरुप नै बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना ल्याएको छ । जसलाई बैंकले स्विप इन–स्विप आउट नाम दिएको छ । यस सुविधा अन्तर्गत ग्राहकको खातामा रू. २,००,००० भन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रू. १०,००० ले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर ग्राहकलाई  उपलब्ध गराइने बैंकले जनाएको छ । जसले गर्दा ग्राहकले बचत खातामा प्राप्त गर्ने ब्याज भन्दा थप ४३ प्रतिशत बढी ब्याज आर्जन गर्न सक्नेछन् ।

    बीमा तथा कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै बैंकले सर्वश्रेष्ठ बचत खातामा १८ अन्य सर्वश्रेष्ठ फाइदाहरू पाँच वर्षको अवधीसम्म निःशुल्क उपलब्ध गराएको छ ।  जस अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, च्त्न्क्, क्ष्एक्रऋएक्रँगलमत्चबलकाभच, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू खातावाला एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि बैंकले निःशुल्क सेवा उपलव्ध गराएको छ ।

    यस बचत खातामा प्राप्त हुने सम्पूर्ण २४ सर्वश्रेष्ठ फाइदाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एम्बेसडर श्रेणीको खाता खोलीसकेपछि खातावालाले न्यूनतम रू. ११,७९,००० भन्दा बढीको फाइदा प्राप्त गर्न सक्ने बैंकले प्रक्षेपण गरेको छ ।

    प्रमुख वित्तीय परिसूचकहरूमा नम्बर एक
    बैंक आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रयमासिकसम्म आइपुग्दा प्रमुख वित्तीय परिसूचकहरूमा वाणिज्य बैंकहरूमध्ये सर्वोत्कृष्ट हुन (नम्बर एक) सफल भएको छ ।

    data nic.jpgत्यसैगरी डिजिटल बैंकिङ्गतर्फ समेत ग्राहक संख्या, कारोबार संख्या, कारोबार भल्युमको आकार लगायतका विवरणमा समेत बैंक सर्वोत्कृष्ट हुन सफल भएको छ ।

    भैतिक एवं डिजिटल उपस्थितिमा समेत नम्बर एक
    बैंकले हालसम्म ३५८ शाखा, ४७३ एटिएम, ७६ विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ्ग जस्ता सम्पूर्ण भौतिक सञ्जाल स्थापना गरिसकेको छ । जुन नेपालका अन्य कुनै वाणिज्य बैंकहरूसँग छैन ।

    भौतिक सञ्जालका अलावा यस बैंकको डिजिटल च्यानलहरूमार्फत ग्राहकले आफ्नो बैंकिङ्ग आवश्यकता सहज एवं सरल रुपमा पूरा गर्न सक्नेछन् । विश्वजगतमा विकास भईरहेका आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका बैंकका डिजिटल बैंकिङ्गका च्यानलहरू जस्तै NIC ASIA MoBank, iServe, iTouch वेबसाइटमार्फत ग्राहकले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ्ग आवश्यकताहरू सहज एवं सरल रुपमा पूरा गर्न सक्ने व्यवस्था गरेको छ ।

    बैंकले आफुलाई पूर्ण रुपले ‘डिजिटल फष्ट बैंक’ बनाउने दीर्घकालिन रणनीति अवलम्बन गरेसँगै www.iserve.nicasiabank.com मार्फत मोबाइल बैंकिङ्ग, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

    साथै, NIC ASIA MoBank एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, देशभर रहेका २५०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुट सहितको QR भुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्डबिनै एटिएमबाट रकम झिक्न सकिने सुविधा लगायत दर्जनौं सेवा उपलब्ध छन् । बैंकले भौतिक उपस्थितिका साथै डिजिटल उपस्थितिलाई समेत बलियो बनाउदै जाने नीति कार्यान्वयन गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend