images

साम्राज्ञीविरुद्ध भुवन केसीले हाले मुद्दा १० करोड क्षतिपूर्ति माग

  • सुनौलो नेपाल
  • शुक्रवार, श्रावण ९ २०७७
  • 2.1K
    SHARES
साम्राज्ञीविरुद्ध भुवन केसीले हाले मुद्दा १० करोड क्षतिपूर्ति  माग
images

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीको झगडले नयाँ मोड लिएको छ।

नायक केसीले नायिका साम्राज्ञी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा आफु माथी गाली–बेइज्जती मुद्दा भएको भन्दै १० करोड क्षतिपूर्ति माग गरी  मुद्दा दायर गरेका छन्।

शुक्रबार अभिनेता केसीले जिल्ला अदालत पुगरे साम्राज्ञीविरुद्ध गाली-बेइज्जतीको मुद्दा दर्ता गरेका हुन्।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले साम्राज्ञीविरुद्ध मुद्दा दायर भएको बताए। उनले केसीले गरेको बताए। ‘१० करोड क्षतिपूर्ति माग्दै अभिनेता भुवन केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएकाे छ।'

अभिनेत्री साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साम्राज्ञीले फिल्ममा काम गर्ने बेलामा र जापानमा एउटा अवार्ड कार्यक्रमका क्रममा पनि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

सुनौलो नेपाल


images
images
images
images