images

प्रधानमन्त्री ओलीको राजीनामा माग्नु पार्टी विभाजनको बिउ रोप्नु हो : सांसद राजीव पहारी

  • कुशल गौतम
  • बिहिवार, श्रावण २९ २०७७
  • 848
    SHARES
प्रधानमन्त्री ओलीको राजीनामा माग्नु पार्टी विभाजनको बिउ रोप्नु हो : सांसद राजीव पहारी

साउन २८, काठमाडौं । गण्डकी प्रदेश नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य  तथा सांसद राजीव पहारीले  प्रधानमन्त्री केपी ओलीको दुबै पदबाट राजीनामा माग्नु भनेको नेकपा कम्युनिष्ट पार्टी विभाजन गर्न खोज्नु भएको बताउनु भएको छ ।


सुनौलो नेपाल अनलाइन टेलिभिजनसंग  अन्तवार्ता दिदै उहांँले सरकार  र पार्टी सञ्चालनका लागि केपी शर्मा ओलिको विकल्प नरहेको  बताउदै  यस्तो बेला प्रधानमन्त्रीको राजीनामा माग्नु बेमौसमीको बाजा बजाउनु जस्तो  रहेको उँहाको तर्क छ ।


इतिहासमै पहिलोपटक नेकपा दुईतिहाई सरकार बन्न सफल भएको भन्दै पहारीले नेकपाको नेतृत्वपछि विकास निर्माणका साथै आर्थिक बृद्धिदर समेत बढ्दै गएको बताउनु भयो । हाल केन्द्रीय कमिटीको बैठक बस्न उपयुक्त नभएको भन्दै उहांँले पार्टी विभाजन गर्न खोज्नु राष्ट्रको हितभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको उहांँले बताउनु भयो ।


‘देशमा आम नागरिकले सडकमा प्रधानमन्त्रीको पक्षमा प्रर्दशन गरे उहांँले भन्नुभयो, जसले जनताको अहितमा काम गर्छ उ आफैं पतन हुन्छ ।’ नेकपा पार्टी यतिबेला महाधिवेशन गर्ने तयारीको चरणमा छ । केही महिनापछि गरिने भनिएको पार्टी महाधिवेशनको संघारमा गुट उपगुट अन्तर्गत आ आफ्नै प्रयास गरिरहेका छन ।


पार्टीमा केपी ओली जस्तो निष्ठा र त्यागी नरहेको भन्दै पहारीले भन्नुभयो ‘प्रधानमन्त्री आफैले अबको महाधिवेशनपछि अध्यक्ष र प्रधानमन्त्री हुन्न भन्नुभएको छ , यो भन्दा ठूलो त्याग के हुन्छ?’ यतिबेला सरकार परिवर्तन र नेतृत्व परिवर्तन गर्दा देश दुर्घटनामा जाने उहांँको आशय छ ।

हेर्नुहोस सांसद  पहारीसंग सुनौलो नेपालका लागी महेश शर्माले गर्नुभएको कुराकानी


केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन खोज्नु पार्टी विभाजनको वीउ रहेको भन्दै ओलीको स्थायी कमिटी लगायत हरेक ठाउंँमा ओलीको बहुमत रहेको उहांँले प्रष्ट पार्नुभयो । अन्तरिम विधानमा दुई अध्यक्षको सहमतिमा निर्णय रहेको भन्दै पहारीले अनावश्यक हल्लामा नलाग्न आग्रह गर्नुभयो । केपी ओलीको नेतृत्वको सरकारलाइृ पार्टीका सबै नेताहरुले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । सरकारले गरेका राम्रा कामको बारेमा समेत जनता सामु ल्याउनु आबश्यक रहेको उहांँको् धारणा छ ।

 


ओली हालसम्मकै प्रधानमन्त्री मध्य राष्ट्रवादी नेता र हिम्मत आंँट भएको प्रधानमन्त्री भएको बताउंँदै पहारीले कालापानी र लिम्पीयाधुरा भूमि फिर्ता गरी नक्सा सार्वजनिक गर्नु ओलिको इतिहासमै ठूलो काम भएको उल्लेख गर्नुभयो । ‘विगत कैयौ बर्षदेखि कसैले पनि नेपालको भूमि फिर्ता गर्ने कसैमा आंँट थिएन उहांँले अन्तराष्ट्रियस्तरमा आफ्नो भूमि फिर्ता गर्नु चानचूने कुरा होइन । ’उहांँले प्रशंसा गर्नुभयो ।

 

कुशल गौतम

  • सम्बन्धित विषय :
  • # राजीव पहारी
  • अन्तिम अपडेट :
  • बिहिवार, श्रावण २९ २०७७ || ०२:३८:२३

images
images
images
images