images

कोरोना नेपालमा देश लुट्ने माध्यम बन्यो - डा चन्द्र भण्डारी

  • महेश शर्मा
  • आइतवार, श्रावण ३२ २०७७
  • 4.0K
    SHARES
कोरोना नेपालमा देश लुट्ने माध्यम बन्यो - डा चन्द्र भण्डारी

साउन ३२, काठमाडौं । नेपाली कांँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुईतिहाईको सरकारको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ ।


जनताको अपार साथ र समर्थन प्राप्त नेकपा आफै आन्तरिक कलह र द्धन्द्धमा रुमलिएको भन्दै डा भण्डारीले नेताहरुको आफ्नै स्वार्थ र खिचातानीले देश बिकास हुन् नसकेको बताउनु भएको छ ।

सुनौलो नेपाल अनलाइन टेलिभिजनसंग कुरा गर्दै डा भण्डारीले भन्नुभयो ‘प्रधानमन्त्री ओलीको सक्रियता लोभलाग्दो भएको भएपनि उहांँका वरिपरि घुम्ने पँखेटाहरुमा खिया लागेको छ ।’ देश महामारीले ग्रस्त भएको बेला झन भ्रष्टाचार बढ्दै गएको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्न नसक्नु प्रधानमन्त्रीको ठूलो कमजोरी रहेको उहाँको तर्क छ  ।

राष्ट्रियताका विषयमा प्रधानमन्त्री ओली सफल भएपनि भ्रष्टाचारको बिषयमा असफल बनेको  भन्दै ‘अहिले देशमा महामारी छ । महामारीको समयमा सरकार पार्टीहरु गम्भिर हुनुपर्ने, तर महामारीलाई अवसर पारेर भ्रष्टाचार झन मौलाएको छ । कोरोना खाने लुट्ने घर बनाउने गुटका नेता बन्ने माध्यम बनेको छयस्ता स्वार्थी नेता मैले कहिँ देखेको छैन। अहिलेको नेतृत्वमा सोच नि छैन चिन्तन नि छैन देश बनाउ भन्ने केहि छैन उहाँले भन्नुभयो।

’ सरकार महामारी नियन्त्रण गर्नुभनदा २६ अर्बको रेलमार्ग बनाउन र ७ अर्बको गाडी किन्न लालायित छ । यस्तो अवस्थामा शसक्त बन्नुपर्ने , प्रतिपक्षको आवाज पनि म्युट छ ।’


प्रधानमन्त्री सानोघेरा भित्र हुनुहुन्छ, वाइडबडी, न्यारोवडी । रेलवेको ठेक्का सडकका ठेक्का लिएर काम नसक्नेलाई  जेल हाल्न सक्नुपथ्र्यो तर प्रधानमन्त्री अल्मिएका कारणनै सरकारको आलोचना मात्र भएको हैन सरकार नै अप्ठ्यारोमा परेको हो  । ’उहांँले थप्नुभयो ।


सरकार राम्ररी चल्न सकेको छैन  प्रधानमन्त्री जनताका आवश्यकता र समृद्धिका योजनामा केन्द्रीत हुन् सक्नु भएन।  अरबौ अरबौ पैसा लुट्नेहरुलाई ठाउँका ठाउँ कारबाही होला भ्रष्टहरु जेल जालान भन्ने त कल्पना समेत गर्न नसकिने अवस्था आयो ।

‘भलै हाम्रो देशको नक्सा सार्वजनिक गर्न सक्नुभयो त्यसमा मलाई खुशी लागेको छ ।’ भण्डारीले भन्नुभयो ।


देउवाले विधान मिचेर विभाग गठन गर्नु गलत

त्यस्तै नेपाली कांँग्रेसका नेता भण्डारीले कांँग्रेस सभापति शेर वहादुर देउवाले विधान मिचेर विभाग गठन गर्नु वैधानिक तथा नैतिक रुपमा गलत गर्नुभएको आरोप लगाउनु भएको छ ।

महाधिवशेनको संघारको प्रसंँगमा प्रष्ट पार्दै उहांँले भन्नुभयो,‘ सभापतिले आफ्नो ४ बर्षे कार्यलय सकिएर १ बर्ष थपिसकेको अवस्थामा अहिले आएर विभाग गठन गर्नु ग्रैहजिम्मेवारपन हो । ’अब आउने चुनावमा विचार र चिन्तनको दृष्टीकोणले जानुपर्ने भन्दै उहांँले सभापति आफैले संरक्षण गर्नुपर्ने ठाउंँमा पार्टीलाई कलंक बनाएको आरोप लगाउनु भयो ।

विधान सबैले पालना गर्नुपर्छ पार्टीमा शक्तिलाई पैसाले किन्ने प्रवृत्ति हाबी भएको बताउनु भयो । विचार र धारणका बिषयमा पार्टीभित्र किचलो , गुट उपगुट भएपनि राष्ट्रिय मुद्धामा एकैठाउंँमा हुनुपर्ने उहाँको तर्क थियो ।

भावी काँग्रेसको महाधिवेशनको बिषयमा बोल्दै भण्डारी भन्नुभयो, ‘एक आपसमा वैचारिक लडाई सामान्य कुरा हो ।

 

समिक्षा गर्न जरुरी छ

’नेपालको समृद्धिको बाधक बिषयहरु भनेर हामीले, एउटा राजा फाल्यौ  तर चार हजार राजारानी  त बनाएनौ । ‘सिंहदरबारको अधिकार गाउँमा लैजाने त भन्यौ तर भ्रष्टाचार गाउँ गाउँमा त पुर्याएनौ।  

पछि परेका अल्पसंख्यक दलित जनजाती अल्पसंख्यकलाई ल्याउने भन्यौ तर त्यसमा हामीले आफन्त छोरा छोरी श्रीमतीलाई त ल्याएनौ अब समीक्षा गर्नु जरुरी छ । ’


आफू र आफ्नो भावनाले आफैलाई कमजोरी त बनाएको छैनौ भन्दै अब सोच्ने बेला आएको छ । अब आउने नेताले राष्ट्रिय मुद्धामा एकठाउँमा उभिनुपर्ने भन्दै उहांँले युवाहरुलाई एकैठाउंँमा  ल्याउन सक्ने क्षमता रहेको बताउनु भयो ।


अहिलेका नेता पैसामा बिकेको भन्दै आफू राजनीतिमा परिस्थिित अनुसार गुटउपगुट परिवर्तन गर्ने बताउनु भयो । ‘म गुटउपगुत परिवर्तन गर्ने मान्छे होइन तर परिस्थिथि अनुसार परिवर्तन गनुपर्छ भन्ने मान्यता हो । एउटैगुटमा रहँदा दासी हुने खतरा रहन्छ । उहांँले प्रष्ट पार्नुभयो ।


फरक प्रसंगमा बोल्दै नेता भण्डारीले नेपाल प्राकृतिक रुपमा सम्पन्न भएकोले आफ्नै देशका श्रोतसाधनलाई बढी भन्दा बढी परिचालन गर्नुपर्ने बताउनु भयो । नेपालको  मौलिकता जोगाईराख्न सके नेपाल पर्यटनको साथै मेडिकल तथा शिक्षाको विकास बन्न सक्ने प्रवल सभावना रहेको उहांँले बताउनु भयो । सोच र चिन्तन नहुंँदा देश गरीब र कमजोर हुदै गएको उहांँको तर्क थियो ।

महेश शर्मा


images
images
images
images