images

सरकारले केही गरेन भन्नु गलत,पार्टीले जिम्मेवारी दिए मन्त्री बन्न सक्षम छु : नेकपा सांसद पौडेल

  • महेश शर्मा
  • बुधवार, भाद्र ३ २०७७
  • 760
    SHARES
सरकारले केही गरेन भन्नु गलत,पार्टीले जिम्मेवारी दिए मन्त्री बन्न सक्षम छु : नेकपा सांसद पौडेल

३ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले सरकारले केही गरेको छैन भन्नु गलत  रहेको बताउनु भएको छ   ।

सुनौलो नेपाल टेलिभिजनसंग कुराकानी गर्दै पौडेलले भन्नुभयो सरकारले आफ्नो काम गरेको छ भ्रष्टाचार शुन्य सहनशीलतामा लैजानुपर्छ भन्ने जनताको भावना ठिक छ।  देशमा  भ्रष्टाचार छ अझै कन्टोल गर्नुपर्थ्यो त्यो पुगेको छैन तर सबै भ्रष्टाचार नै भ्रष्टाचार छ भन्नु ठिक नभएको उँहाको तर्क छ।

भ्रष्टाचार भए प्रमाणित गर्नुपर्यो बोलेर लेखेर मात्र हुदैन अनि सरकार चुप लागेर बस्यो सबै जनबिरोधी काम गर्यो , बिकास नि गरेन अन्तरराष्ट्रिय वार्ता नि गरेको छैन कोभिड आयो यसमा नि केहि भूमिका नै खेलेको छैन औसधी नि ल्याएन पिपीइ नि ल्याएन राहत नि दिएन जनता बेवारिसे छन भन्नु बिरोधी मानसिकता हो ।

जनताहरु कोभिड र बाढी पहिरोले प्रभावित भएको बेला छिमेकि संग महत्वपूर्ण वार्ता गर्नुपर्ने बेलामा नेकपा भित्र यस प्रकारको बहस नभएको हुन्थ्यो भन्ने जनचाहना ठिक हो यसमा मेरो पनि समर्थन छ उहाँले भन्नुभयो। पार्टी सरकार आन्तरिक बिषयमा अल्झेका कारण जनताबाट आलोचना  हुनु  स्वभाविक हो।   

devendra-paudel1.jpg

फरक प्रसंगमा  तपाई पनि मन्त्रीको लाइनमा हुनुहुन्छ नि भन्ने हाम्रो प्रश्नमा उँहाले भन्नुभयो 'पार्टीले जिम्मेवारी दिएको खण्डामा आफू मन्त्री बन्न सक्षम छु  । अब मन्त्रीमण्डल पुर्नगठन गर्नुपर्ने बेला आएको भन्दै यस्तो आशय व्यक्त गर्नुभएको हो ।

‘कतिपय मन्त्रीहरुको समयावधि सकिएको छ, उहांँले भन्नुभयो, मन्त्रीमण्डल पुर्नगठन हुनसक्छ । हुदैपनि आएको छ तर कमिटीमा एजेण्डामा रहेर प्रस्तुत भएको छैन ।’ कमिटीमा यस बिषयको एजेण्डामा छलफल भए पार्टीले सिफारिस गरे आफु योग्य रहेकोउह्नाको तर्क छ।

‘प्रधानमन्त्रीको आफ्नो क्याबिनेट कस्तो बनाउने भन्ने कुरा आफ्ना साथीहरुसग सल्लाह गर्नुपर्छ । मन्त्री आफ्नो व्यक्तिगत कुरा नभएकोले  प्रधानमन्त्रीले पार्टीका आबश्यक साथीहरुसंँग सल्लाह गरेर टुङ्गयाउनुपर्ने उहांँको भनाई थियो ।

लिम्पियाधुरा कालापानी, लिपुलेक बिषयमा सांसद पौडेलले  टिप्पणी गर्दै भन्नुभयो, ‘यहीबेलामा यो बिषय आउनु आफैमा राम्रो कुरा हो । जुन लिम्पियाधुरा, कालापानी, लिपुलेक प्रश्न हो हाम्रो प्रधानमनत्रीको बिषय मात्र नभई साझा बिषय हो ।’ अहिले यसलाई दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्ताले सबै आशंकालाई आइसब्रेक भएको कुरा प्रष्ट छ । उहांँले थप्नुभयो ।