images

“बदला बरीलै” समाजका कथित भद्रभलाद्मीको उदाङ्गो पारीदिएको हैसियत

  • सुनौलो नेपाल
  • बिहिवार, भाद्र ४ २०७७
  • 1.4K
    SHARES
“बदला बरीलै” समाजका कथित भद्रभलाद्मीको उदाङ्गो पारीदिएको हैसियत
images

राधा पोखरेल

बिगत केहि समय यता कला क्षेत्रमा रहेर त्यस क्षेत्रलाई नजिक बाट नियाल्दै आउँनु भएका प्रकाश सपुतको पछिल्लो गित “बदला बरीलै” बाट समाजका कथित भद्रभलाद्मी हरुको तितो यथार्ता उदाङ्गो पारिदिएको छ।

अहिले यूवा देखि बृ्द्ध सबैको मन मस्तिष्कमा बस्न सफल भएको गितले नारीले यस समाजमा आफ्नो अस्तित्व बनाउँन कति सम्म संघर्ष गर्नुपर्छ भन्रे यस गितको मुल सार रहेको छ । कला क्षेत्रमा मात्रै होइन हरेक क्षेत्रमा नारीले आफ्नो गन्तव्यमा पुग्नको लागि भोग्नुपर्ने यातना कति सम्म हुँने रहेछ भनेर केकी अधिराकीको मासुम अभिनयबाट पनि हामिले प्रष्ट देख्न सक्छौं ।

आफ्नो पौरखमा परिचय बन्नाउन ब्यक्तिमा कला क्षमता भएर मात्र हुँदैन् । तर जब कसैको आशिर्वाद रहन्छ तब रातारात परिचय नै बदलिदै चर्चाको चुलीमा पुगिन्छ यस्ता कुराबाट अछुतो रहन सकेको छैन यो समाज ।

यदाकदा हामिले कला क्षेत्र मात्रै हैन् सबै क्षेत्रमा भएको विकृति र त्यस भित्रका विसंगति यसरी छताछुल्ल भएर नपोखिएका त हैनन् तर पनि देशमा कानुनका रक्षकहरू नै भक्षक भएका प्रशस्त उदाहरणहरू छन् । सामान्यत: नेपाली महिलाहरूका लागि कानुनी उपचार काकाकूललाई पानी बराबर भएको छ । नेपाली महिलाहरू ठुलो हिस्सा कानुनको पहुँचभन्दा बाहिर छ । पहुँच भएकाहरू पनि पक्षपातको शिकार भएका छन् ।संयोग नै भनौं अहिले हाम्रो देशमा राष्ट्रपति नारी नै हुनुन्छ । तर पनि
हरेक दिन एकपछी अर्का खालका घटना आइरहेकै हुँन्छ । तर, हाम्रो देशको कानुन कार्यान्वयन गर्ने र नियमन गर्ने निकाय यति कमजोर छ कि अपराधीहरू सजिलै छुट्न सक्छन् ।

नारीप्रतिको शोषण आज पनि बिभिन्न प्रकृति र स्वरूपमा आ-आफ्नै शैलीसहित समाजमा प्रकट भइरहेका छन् । यो समाजमा आज पनि कसैको चित्कारमा मान्छेहरू मनोरन्जन लिइरहेका हुन्छ ।

राजनीतिक पार्टीहरूले चुनावमा टिकट बाँड्दा आफ्नो सक्कली अनुहार छ्यांग देखाएका हुन्छन् । महिलाहरूले चुनाव जित्दैन भनेर टिकटै दिदैनन्। भन्नेबेलामा आधा आकास आधा धर्ती, रथका दुई पांग्रामध्ये एक पांग्रा, नारा लाउने बेला महिला पुरूष बराबरी अनि ब्यबहारमा यत्रो अन्याय ? यहाँ सम्म कि टिकटका लागि शरीरसम्म सुम्पिनुपर्ने लज्जास्पद खबरहरू पनि बजारमा आउन थालेको हुन्छन् ।

संविधानमा जे लेखिए पनि धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ । खासगरी भारतवर्षमा मनुस्मृतिको रचनासँगै नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपमा आज पनि जारी छ । हाम्रो संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि जीवन-व्यवहारमा डरलाग्दा असमानताहरू कायमै छन् । जसको अन्त्यका निम्ति कठोर लडाईं अझै धेरै लड्न जरूरी छ । नारी असमानताको लडाईं नारीले मात्र लड्ने हो भन्ने भ्रम पनि हाम्रो समाजमा कायमै देखिन्छ । वास्तवमा पुरूषको सहयोगविना नारी समानताको लडाईं अधुरो र अपूर्ण रहन्छ । तसर्थ, यस लडाईंमा पुरूष सहयोगको खाँचो छ ।

हरेक पाइला पाइलामा हामि नारिले संघर्ष गर्नैपर्छ । युक्ति नै छ नि, कुमारी हुँदा पिता, यौवनकालमा पति र बुढ्यौलीमा पुत्रद्धारा रक्षीत हुनुपर्ने नारी कुनै पनि अवस्थामा सुरक्षित रहन योग्य छैन भनिएको छ । यो मान्यतावाट हामि नारीले मुक्ती पाउन सकेको छैनौ अझैँ पनि । नेपाली महिलाहरूमाथि हुँदै आएका र भइरहेका शोषणका रूपहरू बहुरूपी छन् । लैंगिक, धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, यौनिक, शैक्षिक आदि इत्यादी ।

यो समाजमा खरपाखोको डढेलोझैँ फैलिरहेको बलात्कार, हत्या, र हिंसाले साँच्चै समाजमा एउटा भयानक सन्त्रास पनि रोपिदिएको छ । यौन हिंसा पुराणकालदेखी आजसम्म एक शताब्दी लामो संघर्षपछि पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक-फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधानले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विभेद जारी नै देखिन्छ ।

यो पुरूषप्रधान समाज यति ढोंगी, अमानवीय छ कि भन्न पनि शरम लागेर आउँछ । यसको अर्थ मैले पुरूषहरूको बिरोध गरेकी होइन, पुरूषप्रधान प्रवृत्तिको बिरोध गरेकी हूँ । मलाई राम्रोसँग थाहा छ, नारी-पुरूष एउटै रथका दुई पांग्रा हुन् । एकविना अर्काको अस्तित्व सम्भव छैन । समभाव र समान अधिकारसहित सँगसँगै मिलेर समाजलाई अघि बढाउनुको कुनै विकल्प छैन ।

मैले पुरूषप्रधान समाजको किन आलोचना गरेकी हुँ भने केही महिना अगाडि छाउगोठमा छाउ बारिरहेकी एउटी युवतीलाई जबर्जस्ती बलात्कार गर्‍यो ।
अनि घरपरिवारका सदस्यहरूसँग बस्न त परै छाडिदिउँ, अनुहारसमेत हेर्दा पाप लाग्छ भनेर एकान्तबास छाउगोठ पठाउने पनि यही पुरूषप्रधान समाज नै थियो । ती युवतीलाई टाढैबाट हेरेर मात्रै बलात्कार गर्‍यौ ? या छोएर बलात्कार गर्यौ ? खोइ कहाँ गयो, तिमीले छुट्टयाइदिएको पाप-धर्मको सीमाना ?

हाम्रो समाजको पुरुषवादी मानसिकता, सामाजिक संस्कार र परम्परा अनि राज्यको कानुनले धर्म, संस्कृति र परम्पराको नाममा इतिहासदेखि वर्तमानसम्म हजारौं होइन, लाखौं नेपाली चेलीहरूले ज्यान गुमाइसकेका छन् । अनि राज्य र शासकहरू
समाजका कथित भद्रभलाद्मी यहि समाजको पक्षमा वकालत गरिरहेका छन् । यस्को अर्थ सबै पुरुष खराब र सबै महिला असल हुन्छन् भन्न किमार्थ खोजिएको हैन् ।

विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ ।

कृपया ढोंग र आडम्बर त्याग्नुहोस् । नारी स्वतन्त्रताको वकालत गरेजस्तो गरेर नारीकै हुर्मत नलिनुस् । कृपया दुराभाव राखेर होइन,सद्भाव राखेर सिंगै नारी जातिको सम्मान गर्नुस् । शुभकामना छ तपाईंहरु लाई ।

सुनौलो नेपाल


images
images
images
images