images
  • समाचार
  • चितवन मेडिकल कलेजमा एक स्वास्थ्यकर्मीबाट ...

चितवन मेडिकल कलेजमा एक स्वास्थ्यकर्मीबाट विरामी माथी यौन शोषण

चितवन मेडिकल कलेजमा एक स्वास्थ्यकर्मीबाट विरामी माथी यौन शोषण

  • 5.5K
    SHARES
  • चितवन मेडिकल कलेजमा एक स्वास्थ्यकर्मीबाट  विरामी माथी यौन शोषण

    चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा कार्यरत एक स्वास्थ्यकर्मीले विरामी माथी यौन शोषण गरेका छन् । मंगलबार घाँटीको उपचार गराउन ओपिडीमा गएकी एक महिलालाई यौन दुर्व्यवहार गरेको उनको परिवारले आरोप लगाएको छ । अस्पतालका अडियोलोजिस्ट जयलालप्रसाद यादवले मसाज गनुपर्ने भन्दै काखमा राखी गोप्य अंगमा चिमोटेको बिरामीको आरोप छ । विरामीले त्यसको प्रतिकार गरी आफन्तलाई बताएपछि यो विषयमा अस्पतालामा छलफलसमेत भएको थियो ।

    images

    छलफलका क्रममा यादवले बिरामीसँग खुटा ढोगेर माफी मागेको भिडियोसमेत छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले यस विषयमा अस्पतालले अध्ययन गरिरहेको बताए । ‘हामीले पीडितको कुरा सुन्यौँ,’ उनले भने, ‘थप अध्ययन गर्न बाँकी छ ।’ पीडितहरूले बिहीबार पनि अस्पतालले छलफलमा बोलाएको बताएको छ । यस विषयमा प्रहरीमा भने पीडितले उजुरी गरेका छैनन् ।

    images

    सगुन चपाई

    यूवा पत्रकार सगुन चपाई सुनौलो नेपाल चितवनका रिपोर्टर हुन्।

    images
    images
    images
    सम्बन्धित समाचार