बिकास रौनियार,धादिङ । लागुऔषध चरेश सहित धादिङको गजुरीबाट एक जना पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिका वडा नम्बर-२ तर्चिका ३७ वर्षीय रेशम बहादुर तामाङ २० केजी चरेश सहित पक्राउ परेका हुन् । प्रहरीले तामाङलाई मंगलवार गजुरी गाउँपालिका- ६ स्थित आदमघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
आदमघाटमा लागुऔषधको कारोबार हुने गरेको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले आरोपित तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई बुधवार पत्रकार सम्मेनल गरी प्रहरीले सार्वजनिक गरेको हो । तामाङको साथबाट २० केजी ८ सय ग्राम चरेश, एक थान मोवाईल पनि बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी नायब उपरीक्षक ( डिएसपी) विश्व राज खड्काले जानकारी दिनुभएको छ ।
पक्राउ परेका तामाङलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।