images

तीन नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

  • सुनौलो नेपाल
  • बिहिवार, आश्विन २९ २०७७
  • 662
    SHARES
तीन नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
images

असोज २९ काठमाडौं - नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहणमा बुधबार नियुक्त भएका ३ जना मन्त्रीले सपथ लिएका हुन्।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओली नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका थिए ।

पार्टी सचिवालय र स्थायी कमिटी बैठकको स्पिरिट विपरित मन्त्रिमण्डल गठन गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले असन्तुष्टी जनाएका छन्। प्रधानमन्त्री ओलीले आफूखुसी मन्त्रिमण्डल पुनर्गठन गर्नु गलत रहेको उनीहरुको भनाइ छ।  

उनीहरु शपथ ग्रहण समारोहमा पनि उपस्थित भएनन्।

सुनौलो नेपाल

images
images
images
images