images

बुढीगण्डकी परियोजनामा भ्रष्टाचार भएकै हो, गलत सावित भए मृत्युदण्ड भोग्न तयार छु - भट्टराई

  • सुनौलो नेपाल
  • बिहिवार, आश्विन २९ २०७७
  • 752
    SHARES
बुढीगण्डकी परियोजनामा भ्रष्टाचार भएकै हो, गलत सावित भए मृत्युदण्ड भोग्न तयार छु - भट्टराई
images

असोज २९ काठमाडौं - पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलबिद्युत परियोजनामा भ्रष्टाचार भएको र आफुसंग त्यसको प्रमाण भएको बताएका छन्। भट्टराईले परियोजनामा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेर बहादुर देउवाले ९ अर्व भ्रष्टाचार गरेको प्रमाण आफुसंग भएको र उचित ठाउँमा आफुले पेश गर्ने बताएका हुन्।

आफू प्रधानमन्त्री छँदा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको भन्दै उच्चस्तरीय र निष्पक्ष छानबिनको माग गरेका छन् ।

उनले आफु गलत सावित भए मृत्युदण्ड नै किन नहोस जस्तोसुकै सजायँ भोग्न तयार रहेको समेत बताएका छन्।

उता सत्तारुढ नेकपा र प्रतिपक्षि कांग्रेसले आफ्ना नेताले भ्रष्टाचार गरेको प्रमाण दिन बाबुरामलाई चुनौती दिइसकेका छन्।

सुनौलो नेपाल


images
images
images
images