images

मन्त्री बनेको पहिलो दिनमै पौडेलले गरे २० करोड डलर ऋण लिने निर्णयमा हस्ताक्षर

  • सुनौलो नेपाल
  • बिहिवार, आश्विन २९ २०७७
  • 672
    SHARES
मन्त्री बनेको पहिलो दिनमै पौडेलले गरे २० करोड डलर ऋण लिने निर्णयमा हस्ताक्षर
images

असोज २९ काठमाडौं - पदभार ग्रहण गरेसंगै नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले महत्वपूर्ण निर्णय गरेका छन्। उनले विश्व बैंकसँग २० करोड डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन्।

उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ ।

आजै पौडेलसंगै अन्य २ जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलसहित, शहरी बिकाशमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले शितलनिवासमा राष्ट्रपति बिद्या भण्डारीबाट शपथ ग्रहण गरेका हुन्।

सपथ ग्रहण गरेलगत्तै मन्त्रीहरुले आआफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

सुनौलो नेपाल


images
images
images
images