images

ओलीलाई बाबुरामको चुनौती- अर्बौं भ्रष्टाचारको छानविन गर्न कसले रोक्यो ? कुराले हैन काम गरेर देखाउनोस्!

  • सुनौलो नेपाल
  • शुक्रवार, आश्विन ३० २०७७
  • 6.4K
    SHARES
ओलीलाई बाबुरामको चुनौती- अर्बौं भ्रष्टाचारको छानविन गर्न कसले रोक्यो ? कुराले हैन काम गरेर देखाउनोस्!
images

कार्तिक १ काठमाडौं - पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पुर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मिलेर ९ अर्व भ्रष्टाचार गरेको आरोप लगाएपछि यो बिषयले नेपाली राजनीतिमा ठुलै तरङ्ग पैदा गरेको छ।

डा. भट्टराईलाई नेकपा र कांग्रेसले आरोप लगाउने मात्र होइन भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौती नै दिइसकेका छन्। प्रधानमन्त्री ओलीले पनि गैरजिम्मेवार अभिव्यक्ति नदिन र आफुले त्यस्तो हर्कत नगर्ने बताएका छन्।

‘नेपाल सरकारले भ्रष्टाचारविरुद सुन्य सहनशिलताको नीति लिएको छ। केही गैर जिम्मेवार तत्वहरुले गैरजिम्मेवार तरिकाले बोलेर हिडेको पनि मैले सुनेको छु।’ उनले भने, ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको आयोजनामा पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु। हामीले त्यस्ता अनैतिक कार्य गर्दैनौं।' ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने।

ओलीको उक्त अभिव्यक्ति आएपछि उता डा. भट्टराईले कुरा होइन काम गरेर देखाउन ओलीलाई चुनौती दिएका छन्। ट्वीटरमा उनले लेखेका छन, 'प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारप्रति साॅच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?कुराले हैन काम गरेर देखाउनोस्!नत्र ढाॅटको कुरा खाई पत्याउनु...!'

सुनौलो नेपाल


images
images
images
images