images

मोटोपन नियन्त्रणदेखि प्रतिरोधात्मक क्षमता बढाउँनेसम्म: खाली पेटमा कागती पानी पिउनुका फाइदै फाइदा

  • सुनौलो नेपाल
  • मंगलवार, कार्तिक ४ २०७७
  • 604
    SHARES
मोटोपन नियन्त्रणदेखि प्रतिरोधात्मक क्षमता बढाउँनेसम्म: खाली पेटमा कागती पानी पिउनुका फाइदै फाइदा

काठमाडौं - बिहान उठुने बितिकै प्रायः मानिसहरु चिया पिउने गर्छन् । तर, खाली पेटमा तातो चिया पिउनु लाभदायक मानिँदैन । मन तातो पानीमा कागती मिसाएर पिउनु निकै लाभदायक मानिन्छ । खाली पेटमा तातो पानीमा कगती मिसाएर खानुका फाइदा यस्ता छन्ः

१. खाली पेटमा कागती पानी पिउनाले बढ्दो मोटोपन नियन्त्रण हुन्छ ।

२. बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउनाले पेट राम्ररी सफा हुन्छ ।

३. तातो कागती पानी सेवन गर्नाले शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

४. पाचन तन्त्रलाई फाइदा गर्नुका साथै पेटको समस्या हट्छ ।

५. कागती पानीको सेवनले मुख र सासको गन्ध हट्छ । यसमा रहेको भिटामिन सिले तपाईंलाई फाइदा पुग्छ ।

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # कागती पानी
  • अन्तिम अपडेट :
  • मंगलवार, कार्तिक ४ २०७७ || ०१:२०:२५

images
images
images
images