images

सांसदहरुको भत्ता मात्र हैन तलव पनि रोक्नुपर्छ - डा. दीक्षित (भिडियोसहित)

  • सुनौलो नेपाल
  • बुधवार, कार्तिक ५ २०७७
  • 516
    SHARES
सांसदहरुको भत्ता मात्र हैन तलव पनि रोक्नुपर्छ - डा. दीक्षित (भिडियोसहित)

कात्तिक ५ काठमाडौं - वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले महामारीका बेला सांसदहरुलाई भत्ता दिने कुराको विरोध गरेका छन्। कोरोना महामारीले देश र जनताको स्थिति विकराल भएको यो समयमा सांसदहरुको भत्ता मात्र होइन तलव नै रोक्नुपर्ने उनको भनाई छ। 

सुनौलो नेपालसंगको कुराकानीका क्रममा डा. दीक्षितले जनता एक छाक खानकै लागि भौंतारीनुपर्ने तर सांसदलाई भने दशैंका नाममा भत्ता दिनुपर्ने भन्दै आक्रोश पोखेका छन्। सांसदहरुले केहि काम नै नगरेको भन्दै उनले काम नै नगरी जनताको करबाट तलव भत्ता लिनु जनताप्रतिको घोर अन्याय रहेको जिकिर गरे। 

महामारीका वेला जनताप्रति उत्तरदायी हुन पर्ने बेला सरकार आफ्नो जिम्मेवारी र कर्तब्यबाट पन्छिनु गैरजिम्मेवार भएको उनको भनाई छ। उनले कोरोना व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाए। 

हेर्नुहोस डा. दीक्षितसंग सुनौलो नेपालका लागि सन्तोष निरौलाले गरेको कुराकानी:

सुनौलो नेपाल


images
images
images
images