images

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

  • सुनौलो नेपाल
  • मंगलवार, कार्तिक ११ २०७७
  • 538
    SHARES
हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

कात्तिक ८ काठमाडौं - हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण देखिएको छ। गजुरेलले फेसबुकमार्फत आफुलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्। 

उनले फेसबुकमा लेखका छन्,' भर्खरै प्राप्त रिपोर्ट अनुसार मेरो शरीरमा कोभिड १९ पोजेटिभ देखिएको छ। गत हप्ता दाजुलाई अस्पताल लाने र ल्याउने गरेको थिएँ। गत बिहीबार सामान्य टाउको दुख्यो। शुक्रवार ९८° को ज्वरो देखियो। शनिवार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खर मात्र  कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो।'

संक्रमण पुष्टि भएसंगै उनि आइसोलेसनमा बसेका छन्। 

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # मनोज गजुरेल
  • अन्तिम अपडेट :
  • मंगलवार, कार्तिक ११ २०७७ || ०१:१२:०४

images
images
images
images