images

लामो समयपछि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

  • सुनौलो नेपाल
  • शनिवार, कार्तिक १५ २०७७
  • 610
    SHARES
लामो समयपछि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

कात्तिक १५ काठमाडौं - लामो समयको अन्तरालपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

केहि समयदेखि चर्किएको विवाद समाधानका लागि छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। 

मन्त्रीमण्डल पुनर्गठन, राजदुत  नियुक्ति लगायातका विषयमा ओलीले पार्टीमा कुनै छलफल नै नगरी एकलौटी गरेको भन्दै प्रचण्ड असन्तुष्ट रहँदै आएका छन्।  

पछिल्लो समय ओली प्रचण्डबीच गत कात्तिक ४ गते भेटवार्ता भएको थियो। 

 

सुनौलो नेपाल


images
images
images
images