images

कोरोना संक्रमित पुर्वपति मनोज गजुरेललाई सम्झदै मिना ढकालले लेखिन भाबुक पत्र

  • सुनौलो नेपाल
  • शनिवार, कार्तिक २२ २०७७
  • 860
    SHARES
कोरोना संक्रमित पुर्वपति मनोज गजुरेललाई सम्झदै मिना ढकालले लेखिन भाबुक पत्र

कात्तिक २२ काठमाडौं - कलाकार मनोज गजुरेल र मिना ढकालको सम्बन्ध विच्छेद भएको धेरै बर्ष भइसकेको छ । लामो समयको सम्बन्ध टुटेपछि अलग्गिएका उनीहरु यसबीचमा एक्ला एक्लै जीवन यात्रामा अघि बढेका छन्। 

कोरोना भाइरसबाट संक्रमित भएपछि घरमै उपचार गराइरहेका मनोज गजुरेलको  स्वास्थ्यमा अचानक समस्या आएपछि सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ। शरीरमा अक्सिजन कम भएर फोक्सोमा समस्या देखिएपछि मनोज बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पताको आइसियुमा उपचाररत छन्। 

अस्पतालमा उनको आइसीयूमा उपचार गराइरहँदा मिनाले लेखेको भावूक पत्रले भने सबैको मन छोएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा सुस्वास्थ्यको कामना गर्दै मनछुने पत्र लेखेकी हुन्। 

उनले लेखेकी छिन, ‘जिन्दगीले जुनसुकै मोडल अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नो जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौं र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ । तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग जीवनका बिसौं बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै भएरपनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो विचमा दुरी ल्यायो होला, फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आइसियूमा उपचाररत छौं भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महशुश भइरहेको छ ।’

‘तिमी छिट्टै हार मान्ने मान्छे होइनौं । मैले विसौ तीजका निराहार ब्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छाडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन् । तिमी र म विच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरालागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिट्टै निको भएर घर पुगेको देख्न पाउँ ।’ फेसबुकमा मिनाले लेखेकी छिन। 

meena dhakal.PNG

 

सुनौलो नेपाल


images
images
images
images