images

सम्झौता गरेको एक बर्षसम्म पनि उखु किसानले भुक्तानी नपाउनु सरकारको निर्लज्जपन

  • सुनौलो नेपाल
  • सोमवार, कार्तिक २४ २०७७
  • 760
    SHARES
सम्झौता गरेको एक बर्षसम्म पनि उखु किसानले भुक्तानी नपाउनु सरकारको निर्लज्जपन

सुनौलो नेपाल - नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा डिला संग्रौलाले सरकारले एक बर्ष पुग्दा पनि उखु किसानहरुसंग  गरेको गरेको ५ बुदे सम्झौता कार्यान्वयन नहुनु  दुखद भएको बताउनु भएको छ।  

गरीब उखु किसानहरुले आफ्नो दस नाङ्ग्रा खियाउदै ऋण काढेर लगाएको उखु बालिको भुक्तानी पाउन  सरकारसँग गरेको ५ बुदे सम्झौताको  एक बर्ष  हुदा  तराईका सर्लाही ,रौतहट आदि जिल्लाहरुका   सरकार गम्भीर  नहुनु र उखु किसानहरु  चरम अन्यायमा पर्नु सरकारको लापरबाही र लाजमर्दोपनको दृस्टान्त  भएको उहाँको धारणा छ  ।

डा  संग्रौला चेतावनीको शैलीमा सरकार माथी प्रश्न उठाउदै भन्नुभयो "किसानहरु आफ्नो  भुक्तानी पाउन पुनः काठमाडौ माइतीघर मण्डलामा आई फेरी आन्दोलन गर्नु नपरोस् ।सरकारले आफ्नो लाज छोपोस ।यस्तो कोरोनाको महामारीको अबस्थामा राहत त परैजायोस आफ्नो परिश्रमको रकम पनि उखु किसानलाई  उपलब्ध नगराउने कस्तो यो निर्लज्ज सरकार ?

सुनौलो नेपाल


images
images
images
images