images

भीरबाट खसालेर गाईको हत्या गर्ने पक्राउ

  • सुनौलो नेपाल
  • शनिवार, मंसिर ६ २०७७
  • 890
    SHARES
भीरबाट खसालेर गाईको हत्या गर्ने पक्राउ


मङ्सिर ६ काठमाडौं - गाईलाई भीरबाट खसालेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।  

बैतडीको पुर्चौडी नगरपालिका–६ मा ११ वटा गाई मृत अवस्थामा फेला परेपछि मारेको आशंकामा उनलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका वडा नं. ५ का २४ वर्षीय लक्ष्मण पार्की रहेका छन्। अर्का एक जनालाई खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ। 
पाटन नगरपालिकाबाट प्रति गाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ।

उनीहरुमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ। 

सुनौलो नेपाल

  • सम्बन्धित विषय :
  • # गौहत्या
  • अन्तिम अपडेट :
  • शनिवार, मंसिर ६ २०७७ || ११:०८:५८

images
images
images
images