images

अमेरिकालगायत पश्चिमा देशलाई चीनको चेतावनी- आन्तरिक मामिलामा हस्तक्षेप गरे आँखा निकालिदिन्छौं

  • सुनौलो नेपाल
  • शनिवार, मंसिर ६ २०७७
  • 784
    SHARES
अमेरिकालगायत पश्चिमा देशलाई चीनको चेतावनी- आन्तरिक मामिलामा हस्तक्षेप गरे आँखा निकालिदिन्छौं

मङ्सिर ६ काठमाडौं - चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्नेको आखाँ निकालीदिने चेतावनी दिएको छ। अमेरिकालगायतका पश्चिमा मुलुकलाई लक्षित गर्दै आफ्नो आलोचना बन्द गर्न चीनले चेतावनी दिएको हो। 

चीनले राष्ट्रिय सुरक्षाका लागि खतरा देखिएका सांसदलाई बर्खास्त गर्न हङकङ सरकारलाई प्रस्ताव गरेपछि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाले चीनको तीव्र आलोचना गरिरहेका छन्।  

चीनको प्रस्तावबमोजिम गत हप्ता हङकङ सरकारलेले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरेको छ। सोही बिषय आफ्नो मामिला भएको र उक्त मामिलामा खेल्न खोजे त्यसको परिणाम भोग्नुपर्ने चीनले चेतावनी दिएको हो। 

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले आफ्नो आन्तरिक मामिलामा दख्खल नदिन चेतावनी दिँदै भनेका छन्, “सावधानी अपनाउ, अन्यथा आँखा निकालिनेछ।

सुनौलो नेपाल

  • अन्तिम अपडेट :
  • शनिवार, मंसिर ६ २०७७ || ०२:२२:३१

images
images
images
images