images

काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

  • सुनौलो नेपाल
  • शनिवार, मंसिर ६ २०७७
  • 366
    SHARES
काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

मङ्सिर ६ काठमाडौं - काठमाडौं महानगरपालिकाले आइतबार देखि निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ। 

शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क पीसीआर परीक्षण गराउन लागेको जानकारी दिएका हुन्। 

कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताए । 

महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे । 

सुनौलो नेपाल


images
images
images
images