Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images

पार्टी फुट्नबाट रोक्न केपी ओली बाहेक कसैले सक्दैन- नेता भुसाल

पार्टी फुट्नबाट रोक्न केपी ओली बाहेक कसैले सक्दैन- नेता भुसाल

images
images
  • मंसिर ६, २०७७ शनिवार ११:०२ बजे
  • 4.9K
    SHARES
  • पार्टी फुट्नबाट रोक्न केपी ओली बाहेक कसैले सक्दैन- नेता भुसाल

    मङ्सिर ६ काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य बेदुराम भुसालले पार्टी फुट्ने नफुट्ने भन्ने विषय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको हातमा रहेको बताएका छन्। सुनौलो नेपालसंगको कुराकानीका क्रममा भुसालले यस्तो बताएका हुन्। 

    पार्टी ओलीले फुटाउन चाहे फुट्ने र एकता जोगाउन चाहे विभाजन नहुने उनको भनाई छ। पार्टीमा जटिल समस्याहरु सृजना भएको भन्दै नेता भुसालले पार्टी फुट्यो भने पहिलाको जस्तो एमाले र माओबादी छुट्टाछुट्टै नरहने र जसले फुटाउछ उ नै पतन हुने बताए। 

    प्रधानमन्त्री ओली पार्टी नीति र पद्दतिलाई लत्याएर एकलौटी रुपमा अगाडी बढेकोले पार्टी यो अवस्थामा आइपुगेको आरोप उनले लगाए। 

    भुसालले यदि पार्टी नेतृत्वलाई असफल भएजस्तो लाग्छ भने दोश्रो पुस्ता पनि सक्षम भएकाले नेतृत्व हस्तान्तरण गर्न सकिने बताए।  यद्यपी समस्या आउँदैमा असफल नै भएको भन्नु गलत हुने र यत्तिकैमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा आफुँ नरहेको बताए।

    हेर्नुहोस नेता भुसालसंग सुनौलो नेपालका लागि मोहराज शर्माले गरेको कुराकानी:-

     


     

    images
    images
  • सम्बन्धित विषय:

  • # बेदुराम भुसाल

  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images