images

प्रचण्डको प्रस्ताव सहितका पत्र तल्लो तहसम्म पठाउने प्रचण्ड- नेपालको तयारी, विवाद झन् चर्किने संकेत

प्रचण्डको प्रस्ताव सहितका पत्र तल्लो तहसम्म पठाउने प्रचण्ड- नेपालको तयारी, विवाद झन् चर्किने संकेत

  • 308
    SHARES
  • प्रचण्डको प्रस्ताव सहितका पत्र तल्लो तहसम्म पठाउने प्रचण्ड- नेपालको तयारी, विवाद झन् चर्किने संकेत

    मङ्सिर ९ काठमाडौं - अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सचिवालय बैठकमा प्रचण्डले पेस गरेको प्रस्तावसहितका पत्र पार्टीका तल्लो तहसम्म पठाउने तयारी गरेसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद झन् चर्किने संकेत देखिएको छ। 

    images

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दवाव दिने भन्दै प्रचण्डको प्रस्तावसहितका प्रचण्ड–नेपाल समूहले बैठक बोलाउन ओलीलाई लेखिएको पत्र, त्यसको जवाफमा ओलीले लेखेको पत्र अनि प्रचण्डको जवाफी पत्रलाई पार्टीको तल्लो तहसम्म पठाउने तयारी गरेसंगै पार्टी विवाद झन् बढ्ने निश्चित भएको हो। 

    पार्टीमा भइरहेका सबै गतिविधि कार्यकर्ताले थाहा पाउनुपर्ने भन्दै तल्लो तहसम्म पठाउने तयारी भैरहेको प्रचण्ड- नेपाल पक्षका एक स्थायी कमिटि सदस्यले सुनौलो नेपाललाई बताए। प्रचण्ड- नेपाल पक्षका ५ जनै सचिवालय सदस्यहरुबीच भएको छलफलबाट उक्त तयारी थालिएको उनले बताए। 

    पछिल्लो समयमा प्रधानमन्त्री ओलीले पार्टी एकताको मर्म र भावनाविपरित गुटगत भेला र गतिविधि गरेको भन्दै प्रतिवाद गर्नका लागि तयारी गरिरहेको उनको भनाई छ। 

     

    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images