मङ्सिर १० काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केपी ओली नेतृत्वको सरकारले नै ५ वर्ष सरकार सञ्चालन गर्ने बताएका छन्।
रुपन्देहीको सैनामैनामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यहि सरकारले ५ बर्षसम्म काम गर्ने बताएका हुन्।
बर्तमान सरकारले जनादेशअनुसार कार्य गरिरहेको र आगामी दिनहरुमा पनि जनभावनाअनुसारका काममा केन्द्रित हुने भनाइ पौडेलले राखे।
पौडेलले पार्टीमा विवाद सृजना भएपनि समाधानका लागि प्रयास गरिरहेको र विवाद समाधान हुने विश्वास व्यक्त गरे।