मङ्सिर १० काठमाडौं - राजतन्त्रको माग गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा विशाल प्रदर्शन भएको छ। पुर्वराजारानीको फोटा अंकित व्यानरसहित प्रदर्शन भएको हो।
उनीहरुले राजतन्त्र सहितको हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन गरेका थिए।
अहिलेका नेता र राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त भएको र मुलुकलाई झन् भन्दा झन् संकटतिर लगेकोले देशको रक्षाका लागि राजा ल्याउनुपर्ने उनीहरुको भनाई थियो।