images

ओली नगएपछि नेकपा सचिवालय बैठक स्थगित

ओली नगएपछि नेकपा सचिवालय बैठक स्थगित

  • 305
    SHARES
  • ओली नगएपछि नेकपा सचिवालय बैठक स्थगित

    मङ्सिर १७ काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक केहिबेर बसेर स्थगित भएको छ। बैठक मङ्सिर २० गते बस्ने गरि स्थगित भएको हो। 

    images

    बैठक बस्नका लागि सचिवालय सदस्यहरु बालुवाटार पुगे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली उपस्थित भएनन्। ओली अनुपस्थित भएपछी बैठक स्थगित भएको हो। 

    मंगलबारको सचिवालय बैठकमा ओलीले उपस्थित नहुने जनाएपछि बैठक बस्ने नबस्ने भन्ने बिषयमा अन्योल भएको थियो।  

    मंगलबारको बैठकमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा छलफल गर्ने नगर्ने भन्ने विषयमा विवाद भएपछि बैठक तनावपूर्ण भएको थियो। प्रचण्डको प्रस्ताव अराजनीतिक भएको र कुण्ठा र लाञ्छनाले भरिएको झुटको पुलिन्दा भएकोले यसमा छलफल गर्न नसकिने ओलीको भनाई थियो भने प्रचण्ड पक्षधर सचिवालय सदस्यहरुले भने दुवै प्रस्तावमा छलफल हुनुपर्ने अडान लिएका थिए। 

    images
  • सम्बन्धित विषय:

  • # नेकपा सचिवालय बैठक

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images