मङ्सिर १७ काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा लिइएको छ। पौडेलले फेसबुकमा आफु प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएका छन्।
आफु पक्राउ परेको जानकारी दिँदै पौडेलले साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द गर्नुपर्ने बताएका छन्।
पुल उद्घाटनको विषयलाई लिएर युवा संघ र कांग्रेसका कार्यकर्ता बीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले उक्त स्थानमा निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनले उक्त उद्घाटन कार्यक्रम रोक्न भने पनि अटेर गरेकाले पौडेलसहित अन्य केहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।