मङ्सिर १७ काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
बुधबार अपराह्न एक विज्ञप्ति जारी गर्दै देउवाले नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावाद भएको भन्दै यसविरुद्ध विरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
बुधबार तनहुँको ब्यास नगरपालिकास्थित वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न जाँदैगर्दा स्थानीय प्रशासनले पौडेललाई पक्राउ गरेको थियो ।