images

सचिवालय बैठकअघि ओली प्रचण्डबीच वान टु वान वार्ता

सचिवालय बैठकअघि ओली प्रचण्डबीच वान टु वान वार्ता

  • 324
    SHARES
  • सचिवालय बैठकअघि ओली प्रचण्डबीच वान टु वान वार्ता

    मङ्सिर २० काठमाडौं - सचिवालय बैठक सुरु हुनु अगाडी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वालुवाटारमा छलफल भएको छ। 

    images

    लामो समयदेखि बन्द भएको अध्यक्षद्वयबिचको छलफल आज भएको हो। छलफलमा पार्टीको आन्तरिक विवादमा छलफल हुने बताइएको छ । 

    सचिवालय बैठक १ बजे बस्दै छ।  दिउँसो १ बजे बैठक बस्ने बैठक पार्टी विवाद समाधानमै केन्द्रित हुनेछ। 

    तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने बैठकमा उपस्थित हुने नहुने टुंगो छैन। प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाले ओली उपस्थित नरहेको र कुर्ची खाली रहेको सचिवालय बैठकको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन्।  यसले प्रधानमन्त्री ओली आजको बैठकमा पनि सहभागी नहुने हुन् कि भन्ने शंका उब्जिएको छ।  यसअघिको बैठकमा ओली बैठकमा सहभागी भएका थिएनन। 

    अर्कापट्टी ओली उपस्थित नभएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षधर सचिवालय सदस्यहरु भने बहुमतबाटै निर्णय लिने अडानका साथ बैठक चलाउने तयारीमा छन्। यसले नेकपा विवाद झन् चर्किने देखिएको छ। 

    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images