मङ्सिर २० काठमाडौं - काठमाडौंको माइतीघर मण्डलामा राजावादीहरुले विशाल प्रदर्शन गरेका छन्। राजतन्त्र र हिन्दुराज्यको माग गर्दै ठुलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा 'राजा आउ देश बचाउ', 'हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ', 'नेपाली जनता के भन्छ राजतन्त्र ले भन्छ' लगायतका नारा लगाइएका थिए।
प्रदर्शनलाई ध्यानमा राखी माईतिघरमा बाक्लो मात्रामा सुरक्षाकर्मीसमेत परिचालन भएका छन्।