मङ्सिर २० काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पनि उपस्थिति रहेको छ।
बैठक सुरु हुनुअघि अध्यक्षद्वयबीच बालुवाटारमा एक्लाएक्लै छलफल भएको थियो । यसअघि ओली उपस्थित नभएपछि बैठक स्थगित भएको थियो।