सुनौलो नेपाल - गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनका सचीव गौरीराज जोशीको पहलमा चितवनको भरतपुरमा घुम्ती रगत बस सेवा हस्तान्तरण भएको छ ।
सचीव जोशी र अध्यक्ष कुमार पन्तको पहलमा शुरु भएको घुम्ती ब्लड बस एक कार्यक्रमका बिच गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महत्तोको उपस्थितिमा भरतपुर महानगरपालिका मेयर रेनु दाहाललाई हस्तान्तरण गरिएको थियो ।
चितवनमा जन्मेर हुर्किनु भएका जोशी हाल अमेरिका ब्यवसाय गरिरहनु भएको छ । नेपालकै पहिलो मोबाइल ब्लड बस रक्त सन्चार केन्द्र भरतपुरले उपयोग गर्नेछ । सो मोबाइल बस खरिद गर्न बिश्वभरका एन आर एन कर्मीको साथ सहयोग रहेको थियो ।