images
  • समाचार
  • मुख्यमन्त्री पौडेलले नतिजा देखिने गरी काम...

मुख्यमन्त्री पौडेलले नतिजा देखिने गरी काम गर्न नसकेकाले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ : प्रदेश सांसद विशाल खड्का

मुख्यमन्त्री पौडेलले नतिजा देखिने गरी काम गर्न नसकेकाले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ : प्रदेश सांसद विशाल खड्का

  • 1.5K
    SHARES
  • मुख्यमन्त्री पौडेलले नतिजा देखिने गरी काम गर्न नसकेकाले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ : प्रदेश सांसद विशाल खड्का

    पुस १२ काठमाडौँ, प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले नतिजा देखिने गरी काम गर्न नसकेकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा प्रदेश सांसद विशाल खड्काले बताएका छन् । 

    images

    उनले मख्यमन्त्री पौडेलले केपी ओलीको शैलीमा गिरोह चलाउन खोजेको पनि आरोप लगाए ।  सुनौलो नेपालसँगको कुराकानीमा खड्काले भने, ‘जसलाई मुख्यमन्त्री बनाइयो उहाँले नतिजा देखिने किसिमको काम गर्न सक्नुभएन ।’ खड्काले कोरोना महामारीका बेलामा स्थानीय सरकारले गरेको कामको उदाहरण दिँदै प्रदेश सरकार भएको आम मानिसमा अनुभुति नै नभएको जिकिर गरे । 

    सुरुका चरणहरुमा कानुन बनाउन र संरचना निर्माण गर्न समय लागे पनि पछिल्ला समयमा नागरिकले अनुभुति गर्ने किसिमका काम गर्नुपर्नेमा कुनै पनि किसिमका काम हुन नसकेकोले यो कदम चाल्नु परेको उनको भनाइ थियो ।

    उनले केन्द्रीय राजधानीसमेत रहेको बागमती प्रदेशको काम कारवाही अन्य ६ प्रदेशको भन्दा अलि पृथक र उदाहरणीय हुनुपर्नेमा यहीँचाहीँ काम हुन नसकेको र उहाँबाट सुशासनमुखी काम, जनमुखी कामको सम्भावना नदेखिएकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड र माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । उक्त समूहमा भएका मन्त्रीहरूले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

    राजीनामा दिनेहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल छन्  ।

    हेर्नुहोस् सासंद खड्कासंग सुनौलो नेपालले गरेको कुराकानीको पुरा अंश भिडियो सहित 

     

    images
    images
    images
    images
    सम्बन्धित समाचार