images

 माेटरसाइकलकाे ठक्करबाट हरिणकाे मृत्यु

 माेटरसाइकलकाे ठक्करबाट हरिणकाे मृत्यु

  • पौष २१, २०७७ मंगलवार १२:०८ बजे
  • 835
    SHARES
  •  माेटरसाइकलकाे ठक्करबाट हरिणकाे मृत्यु

    जनकपुर। मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । सोमबार राति बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा  सर्लाहीमा  हरिणको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images

    हरिणलाई ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा र मोटरसाइकलको पछाडि बस्ने सर्लाही हरिपुरका २५ वर्षीय शिवकुमार महतो सामान्य घाइते भएका छन् । घाइते दुवैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ । 

    इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # हरिणको मृत्यु

  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images