images

लकडाउनको नियम तोडदै  प्रियंका चोपडा  

लकडाउनको नियम तोडदै  प्रियंका चोपडा  

  • 526
    SHARES
  • लकडाउनको नियम तोडदै  प्रियंका चोपडा  

    फिल्म अभिनेत्री प्रियंका चोपडा  श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ । यद्यपि, प्रियंका चोपडा र जोश वुडमाथि जरिवाना भने लगाइएको छैन । 

    images


    प्रहरीका प्रवक्ता मेल अनलाइनसँगको कुराकानीमा प्रहरीलाई बेलुका ५ः४० मा यसबारे जानकारी  दिइएको बताए । हेयर ड्रेसरले लकडाउनको नियम उल्लंघन गरेको बताइएपछि प्रहरी सैलुनमा पुगेको र सैलुनका मालिकलाई कोभिड–१९ सँग सम्बन्धित सबै नियम पालना गर्न निर्देशन दिइएको जनाइएको छ । उनीमाथि कुनै जरिवाना नतोकिएको पनि जानकारीमा उल्लेख छ । 


    सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युकेमा लकडाउनको घोषणा गरेका छन् । प्रियंका चोपडा बाहिर निस्कनु नै नियमको उल्लंघन बताइएको छ । सोमबार प्रधानमन्त्रीले बेलायतमा बस्ने सबैलाई नियमको कडासँग पालना गर्न निर्देशन दिएका थिए । प्रियंकाले भने बुधबार लकडाउनको नियम तोडेकी हुन् । उनी सैलुनमा हेयर अपोइन्टमेन्टका लागि गएकी थिइन् । बोरिस जोनसनले आफू पुनः एकपटक देशव्यापी रुपमा लकडाउन लागू गर्न बाध्य भएको जानकारी दिएका थिए । लकडाउनको नियम उल्लंघन गर्नेलाई १० हजार पाउन्डसम्मको जरिवाना लाग्न सक्ने पनि बताइएको थियो । 

    images
  • सम्बन्धित विषय:

  • # प्रियंका चोपडा

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images