images

अभिनेत्री कंगना रनावतलाई देशद्रोहको मुद्दा

अभिनेत्री कंगना रनावतलाई देशद्रोहको मुद्दा

  • 919
    SHARES
  • अभिनेत्री कंगना रनावतलाई देशद्रोहको मुद्दा

    मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत आफ्नी बहिनी रंगोली चन्देलसँग मुम्बईको बान्द्रा प्रहरी चौकीमा बयान दिन पुगेकी छिन्  । यी  दिदीबहिनीविरुद्ध अदालतको आदेशमा १७ अक्टुबरमा बान्द्रा प्रहरी चौकीमा देशद्रोहको मुद्दा दर्ता भएको थियो ।

    images

    कंगनालाई सोधपुछका तीनपटक सम्म सूचना दिएको थियो।  तर उनले  भाइको विवाहको कारण देखाउँदै  प्रहरी चौकी उपस्थित भएकी थिइनन् । उनले हिन्दु–मुस्लिमको बीचको सहिष्णुता खलल पारेको आरोप लागेको छ । कंगनाविरुद्ध यस्तै किसिमको मुद्दा कर्नाटकमा पनि दर्ता भएको छ ।

    उनलाई किसानहरुको अपमान गरेको आरोप पनि छ । यसभन्दा अगाडि मुम्बईको उच्च अदालतले कंगना र उनी बहिनी रंगोलीको अपिलमा सुनुवाई गर्दै दुवैलाई ८ जनवरीमा बान्द्रा प्रहरी चौकीमा हाजिर हुन आदेश दिएको थियो ।

    वकिल साहिल असरफ अली सैयदले बान्द्रा अदालतमा दायर गरेको निवेदनमा कंगना रनावतले ‘नेपोटिज्म र फेवरेटिज्मको हब’ भन्दै बलिउडको अपमान गरेको उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जाल तथा टिभी अन्तर्वार्तामा हिन्दु र मुस्लिम कलाकारबीच विभाजन गर्न खोजेको आरोपसमेत उनले लगाएका छन् ।

    बान्द्राको मेट्रोपोलिन मजिस्ट्रेट जयदेव घुलेले कंगनाको विरुद्ध सिआरपिसीको धारा १५६ (३) बमोजिम एफआइआर दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएका थिए ।

    यही आदेशअनुसार प्रहरीले कंगना र बहिनी रंगोलीमाथि मुद्दा दर्ता गरेको हो । भाषा धर्म, जाति आदिका आधारमा मानिसहरुबीच घृणा फैलाउने प्रयास गरेमा तीन वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने इन्डियाको पेनल कोर्डमा उल्लेख छ ।

    यस्तै सरकारको विरोधमा सामाजिक असहिष्णुता फैलाउने गतिविधि गर्ने कुनै पनि व्यक्तिलाई देशद्रोही मानिन्छ ।

    images
  • सम्बन्धित विषय:

  • # कंगना रनावत

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images