images

युभेन्टसकाे महत्वपूर्ण जित 

युभेन्टसकाे महत्वपूर्ण जित 

  • 95
    SHARES
  • युभेन्टसकाे महत्वपूर्ण जित 

    काठमाडाैं । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ ।

    images

    घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे । सासुओलोका लागि डिफ्रेलले एक गोल फर्काए ।

    ५० औँ मिनेटमा डानिलोले गोल गरेर युभेन्टसलाई अग्रता दिलाएका थिए । डिफ्रेलले ५८ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ८२ औँ मिनेटमा राम्सी तथा ९२ औँ मिनेटमा रोनाल्डोले गोल गरि युभेन्टसलाई ३–१ को जित दिलाए ।

    पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सासुओलाेका ओबिएङ्ग रातो कार्ड पाएर बाहिरिएका थिए । 

    जितपछि चौथो स्थानमा पुगेको युभेन्टसको १६ खेलबाट ३३ अंक भएको छ ।

    images

    सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images