images

बुहारी स्वागत कार्यक्रम

बुहारी स्वागत कार्यक्रम

  • 115
    SHARES
  • बुहारी स्वागत कार्यक्रम

    बागलुङ।  बरेङ गाउँपालिकाले छोरीबुहारीलाई उच्च शिक्षा र बाल विवाहमुक्त हुनको लागि  ‘बुहारी स्वागत कार्यक्रम’ शुरु गरेको छ । लक्षित वर्ग उत्थान अन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका सहायक महिला विकास निरीक्षक निशा गिरीले जानकारी दिए ।

    images

    उनका  अनुसार गाउँपालिकाका सबै वडामा ‘बुहारी स्वागत कार्यक्रम’ लागू गरिएको छ । “गत वर्षको पुस २६ गते यता विवाह भएर आएका बुहारीमध्ये तोकिएको मापदण्ड पूरा गर्ने मात्र स्वागत तथा सम्मानका लागि छनोट हुने ”, उनले बताए  । 

    गाउँपालिकाले बनाएको मापदण्डअनुसार सम्बन्धित वडाले ‘बुहारी स्वागत कार्यक्रम’ सञ्चालन गर्ने बताइएको छ । नवविवाहित बुहारीले स्वागत तथा सम्मान पाउन कम्तीमा ८ कक्षासम्म उत्र्तीण गरेको, स्थानीय पञ्जिकाधिकारीसमक्ष विवाह भएको ३५ दिनभित्र विवाह दर्ता भएको र दुलाहादुलही कम्तीमा सो गाउँपालिकाको फरक वडाको हुनुपर्ने प्रावधान राखिएको छ ।

    सम्बन्धित वडाको निर्णयअनुसार नवविवाहित बुहारी छनोट गरी प्रत्येक महिना एक समारोहको आयोजना गरी स्वागत तथा सम्मान गरिने भएको हो । उक्त कार्यक्रममा स्थानीय स्वास्थ्यचौकी, आमा समूह, क्लबका प्रतिनिधि र सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई अनिवार्य उपस्थित गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए  ।

    बुहारी उपहारमा नवविवाहित जोडीका लागि उपयोगी हुने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि चाहिने डायरी, कापी, कलम, स्वास्थ्य एवं सरसफाइसम्बन्धी सामग्री र सम्मान÷प्रशंसापत्र प्रदान गरिनेछ । नवविवाहित बुहारीलाई सामाजिकीकरण गराउन, सु–संस्कृत एवं सभ्य समाज निर्माणमा प्रेरित गर्न र आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य गराउन कार्यक्रमले मद्दत गर्ने विश्वास लिइएको छ । 

    गाउँपालिकाले कोही पनि छोरीबुहारी पढाइबाट वञ्चित हुनु नपरोस् भनेर ‘गाउँपालिकाको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’को सोचसहित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘गाउँपालिकाको एउटै सन्देश, बाल विवामुक्त हाम्रो सरकार’को लक्ष्यलाई पनि सँगै अघि बढाइएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # बुहारी स्वागत

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार