images
  • अर्थ
  • सरकारले तिर्यो ४१ करोड कोरोना बीमा...

सरकारले तिर्यो ४१ करोड कोरोना बीमा शुल्क

सरकारले तिर्यो ४१ करोड कोरोना बीमा शुल्क

  • 107
    SHARES
  • सरकारले तिर्यो ४१ करोड कोरोना बीमा शुल्क

    काठमाडौं । सरकारले कोरोना बीमा बापत ४१ करोड रुपैयाँ बीमा कम्पनीहरुलाई बुझाएको छ ।  केही दिन अघि सो रकम सरकारले  कोरोना बीमा पुलमा पठाएको स्रोतले जनाएको छ ।

    images

    कोरोना बीमा पुलमा दावी भुक्तानीको लागि रकम अभाव भएपछि बीमा समिति र बीमक संघको पहलमा सरकारले गत कार्तिक मसान्त सम्मको कोरोना बीमा बापतको ४१ करोड रुपैयाँ पठाएको जनाइएको छ ।

    सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेटमै कोरोना बीमालाई समावेश गरी सर्वसाधारणको कोरोना बीमा शुल्कमा ५० प्रतिशत र सबै निजामति कर्मचारीलाई शतप्रतिशत शुल्क सरकारले अनुदानबापत व्यहार्ने घोषणा गरेको थियो । सो अनुसार बीमा कम्पनीले सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा गराएका थिए । 

    चर्को आर्थिक अभाव झेली रहेको बीमा पुलमा  केही सहज भएको  बीमा कम्पनीका सिईओले जानकारी दिए । कोरोना बीमाको लागि झण्डै छ अर्ब रुपैयाँ बीमा पुलले जोहो गर्नुपर्ने भएको छ । हजारौं कोरोना संक्रमितलाई दावी भुक्तानीको लागि सबै कागजी प्रक्रिया पूरा भएको भएपनि रकम अभावले समस्या पारिरहेको छ ।

    कोरोना बीमा पुलमा यसअघि नेपाल पुनर्बीमा कम्पनीले ३० करोड रुपैयाँ रकम पठाइसकेको छ । पुनर्बीमा कम्पनीले अझै ७० करोड पठाउन बाँकी छ । अब बीमा समितिले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुले महाविपत्ति कोषबाट दिने ५० करोड रुपैयाँ बाँकी छ ।

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • सुनौलो नेपाल डट कम

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images