images
  • समाचार
  • स्थानीय वायुकाे प्रभाव, केही स्थानमा वर्षाकाे...

स्थानीय वायुकाे प्रभाव, केही स्थानमा वर्षाकाे सम्भावना 

स्थानीय वायुकाे प्रभाव, केही स्थानमा वर्षाकाे सम्भावना 

  • 173
    SHARES
  • स्थानीय वायुकाे प्रभाव, केही स्थानमा वर्षाकाे सम्भावना 

    काठमाडौं । देशका अधिकांश भागको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको हो ।

    images

    काठमाडाैं उपत्यकामा बिहानैदेखि माैसम प्रभावित भएकाे थियाे । अहिले विस्तार माैसम खुल्दै गइरहेकाे छ ।

    बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश १ र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    images

    सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार