images
  • राजनीति
  • संवैधानिक इजलास पुनर्गठन, वरीयता ध्यानमा नराखी...

प्रतिनिधिसभा विघटन प्रकरण

संवैधानिक इजलास पुनर्गठन, वरीयता ध्यानमा नराखी हरिकृष्णको ठाउँमा सपना 

संवैधानिक इजलास पुनर्गठन, वरीयता ध्यानमा नराखी हरिकृष्णको ठाउँमा सपना 

  • 511
    SHARES
  • संवैधानिक इजलास पुनर्गठन, वरीयता ध्यानमा नराखी हरिकृष्णको ठाउँमा सपना 

    काठमाडौं । संसद विघटनको मुद्धा हेर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गठन गरेको संवैधानिक इजलासमा सपना प्रधान मल्ल पनि समावेश भएकी छिन् । 

    images

    अघिल्लो बुधबारको इजलासबाट हरिकृष्ण कार्की बाहिरिएपछि अब को आउलान् भन्ने सबैमा चासो थियो । तर जबराले प्रधान समावेश गरेपछि इजलास गठनमा समस्या देखिएको हो । 

    वरिष्ठता वरीयताका क्रममा २ नम्बरमा रहेका दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत हुँदाहुँदै पनि जबराले मल्ललाई संवैधानिक इजलासमा सहभागी गराएका छन् ।

    कुनै पनि पक्षको कानुन व्यवसायी भइसकेको व्यक्ति पछि न्यायाधीश भएमा आफ्नो पुरानो पक्षको मुद्दा हेर्न मिल्दैन । तर जबराले इजलासमा पटक–पटक पूर्व एमाले निकट व्यक्तिहरु नै किन छानिरहेका छन् प्रश्न उठ्न थालेकाे छ । 

    प्रधानन्यायाधीश जबराले यसअघि पनि वरिष्ठताक्रम मिचेर हरिकृष्ण कार्की समावेश गरी संवैधानिक इजलास गठन गरेका थिए । लगातार रुपमा जबराले ‘पिक एण्ड चुज’को शैलीमा इजलास गठन गरिरहेका छन् । 

    मल्ल पूर्व नेकपा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्यसमेत भइसकेकी छिन् । उनी वरीयता क्रममा १० औँ नम्बरमा रहेकी छिन् ।

    इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई बुधबार पनि निरन्तरता दिइएको छ ।

    images
    images
    images
    images
    सम्बन्धित समाचार