images

अवैध गाँजा लागूऔषध सहित दम्पत्ति पक्राउ

अवैध गाँजा लागूऔषध सहित दम्पत्ति पक्राउ

  • 262
    SHARES
  • अवैध गाँजा लागूऔषध सहित दम्पत्ति पक्राउ

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १३ स्थित रेल्वेफाँट नजिकै लागूऔषधसहित दम्पत्ति पक्राउ परेका छन् । उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएको प्रहरीले जनायो ।

    images

    पक्राउ पर्नेमा महोत्तरी जिल्ला गौशला नगरपालिका ३ का ५० वर्षीय नवलकिशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मीलादेवी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मोटरसाइकलमा गाँजा लिएर पूर्वपश्चिम राजमार्गको फूलजोरबाट महोत्तरीतर्फ जान लाग्दा गौरीशंकर प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार विशेष सूचनाका आधारमा तलासी लिँदा उनीहरुको साथबाट गाँजा बरामद भएको हो । दुबैजनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # लागूऔषधस

  • सुनौलो नेपाल

    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images