images

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

  • माघ ३, २०७७ शनिवार १५:२१ बजे
  • 583
    SHARES
  • महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

    काठमाडौं । विश्वभरि महामारीको रुपमा जारी रहेको कोभिड १९ का कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ।  कोभिडका कारण विश्वव्यापी रुपमा कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो । 

    images
    images

    युक्त राष्ट्रसंघीय निकायले शुक्रबार निकालेको तथ्यांक अनुसार सन् २०२० मा मात्र पनि विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए । 

    उनीहरुलाई आप्रवासीका रुपमा राष्ट्रसंघीय उक्त निकायले परिभाषित गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

    उक्त प्रतिवेदनमा विश्वमा आप्रवासीका रुपमा बस्न थालेका नागरिकहरुमध्ये विश्वका २० देशमा नै सबैभन्दा बढी रहेका पाइएको बताइएको छ । यसमध्ये आप्रवासीहरु सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् । 

    त्यसैगरी सन् २०२० मा अमेरिकामा मात्र ५ करोड १० लाख नागरिक आप्रवासीका रुपमा बस्ने गरेका थिए । त्यसैगरी जर्मनीमा १ करोड ६० लाख , साउदी अरेबियामा १ करोड ३० लाख  र रुसमा  १ करोड २० लाख  र बेलायतमा ९० लाख  नागरिक बस्ने गरेका सो प्रतिवेदनमा उल्लेख गरिएको छ । उता विश्वमा सबैभन्दा बढी नागरिकहरु बाहिर बस्ने देशमा भारत रहेको छ । सन् २०२० मा मात्र भारतका करिब १ करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images