images

प्रचण्डलाई ओलीको जवाफ: ज्यान मार्दै हिंड्ने होइन, जनताको मुहारमा मुस्कान ल्याउँछु

प्रचण्डलाई ओलीको जवाफ: ज्यान मार्दै हिंड्ने होइन, जनताको मुहारमा मुस्कान ल्याउँछु

  • माघ ३, २०७७ शनिवार १५:३४ बजे
  • 1.5K
    SHARES
  • प्रचण्डलाई ओलीको जवाफ: ज्यान मार्दै हिंड्ने होइन, जनताको मुहारमा मुस्कान ल्याउँछु

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्यान मार्दै हिँड्ने नभएर नेपाली जनताको अनुहारमा मुस्कान ल्याउनको लागि तत्पर भएको बताएका छन् ।  

    images
    images

    ओली समूहको शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

    गत बुधबार (प्रचण्ड- नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई 'पोलिटिकल जोकर' को संज्ञा दिएपछि जवाफमा प्रधानमन्त्री ओलीले आफू कसैको ज्यान मार्ने, विधवा बनाउने, घरवारविहीन बनाउने, टुहुरा बनाउने, जस्ता अराजक गतविधि गर्दै नहिँड्ने र आफ्नो प्रयास सदैव जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी बनाउने रहेको बताएका हुन् । 

    उनले भने, ‘म हाम्रा बालबालिका, किशोर, युवा, बाआमा, मजदूर – किसानहरुको अनुहारमा मुस्कान ल्याउन चाहन्छु।’ उनले थपे, ‘मैले हँसाए भनेर पिर पर्‍यो रे। जोकरै भएछ रे। नेपाली जनता हाँसेकामा किन पीर परेको होला?’

    images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images