logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • भरतपुर महानगरमा कांग्रेस उम्मेदवार उठाउन कांग्रेस केन्द्रीय समितीलाई दबाव, यी हुन् मेयरका आकांक्षी

    भरतपुर महानगरमा कांग्रेस उम्मेदवार उठाउन कांग्रेस केन्द्रीय समितीलाई दबाव, यी हुन् मेयरका आकांक्षी

    11.2K
    Shares

    चितवन । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौंमा रहेका बेला कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमवार मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ ।

    कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार आज र भोलि मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगर सचिव कृष्ण बगालेले जानकारी दिए । आइतवार बिहान ११ बजेबाट सुरु हुने मनोनयनको सबै तयारी पूरा भएको सचिव बगालेले बताए ।

    उनका अनुसार महानगरपालिकाको मेयरको लागि दर्ता शुल्क तीन हजार र उपमेयरको लागि दुई हजार रुपैयाँँ तोकिएको छ । मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।

    २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीसँग गठवन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका  रेनु दाहाललाई जिताएको थियो ।

    सत्ता गठवन्धनमा रहेका कांग्रेस र माओवादी बीच यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने र भरतपुर माओवादीले लिने चर्चा चलेपछि कांग्रेसका जिल्ला तथा केन्द्रीय नेताहरु कुनै पनि हालतमा महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् ।

    कांग्रेस चितवनको चैत २० गते बसेको जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई नछाड्ने बटमलाइन बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend